नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआइबीमा ल्याइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौं ल्याइएकाे छ । महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा ल्याइएको छ ।

सीआइबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयाे ।  महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिइ भैरहवाबाट यती एयरलाइन्स मार्फत काठमाडाैं ल्याइएकाे हाे ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?