
-पुरन साह
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. अंकुर साहले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नुभएको छ ।
निमित्त उपकुलपति समेत रहनुभएका उहाँले मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सरोजकुमार यादव समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथ लिए लगतै उहाँले प्रतिष्ठानको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।
प्रथम उपकुलपति डा. रामकेवल साहको निधन भएपछि यस अघि उहाँ शिक्षाध्यक्ष हुँदै कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. साहलाई कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार उपकुलपति नियुक्त गर्नुभएको थियो । २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो । जसको कारणले प्रतिष्ठानको कामकाज प्रभावित हुँदै आएको थियो ।
गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा १५ कात्तिकसम्म ९ जनाको दरखास्त परेको थियो । डा. रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अंकुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिनुभएको थियो । तर, लामो समयदेखि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थिएन ।
नेपाली कांग्रेसका स्वास्थ्य मन्त्री रहेको वीरेन्द्र सिंहले सरकारबाट हट्नु पर्ने अवस्था आएपछि अन्तिममा उहाँले गत फागुन २१ गते मुख्यमन्त्री कार्यालयमा उपकुलपतिको लागि क्रमिक रुपमा तीनजनाको नाम सिफारिस गर्नुभएको थियो । मुख्यमन्त्री सरोजकुमार यादवले उपकुलपति नियुक्तीको विषयमा बाहिर निकै हल्ला आएपछि आफुले निष्पक्षताको आधारमा नै चयन गरेको बताउनु भएको छ ।
उहाँले आउने दिनमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले उपकुलपति नियुक्तीको विषयमा स्वास्थ्य मन्त्री र आफु बिचमा खटपट रहेको कुरामा कुनै सत्यता नरहेको बताउनु भयो । उहाँले समाचारमा जसपा अध्यक्ष उपेन्द्र यादवको सम्धी रहेको कारणले आफु बिचमा विवाद रहेको बताउदै यसमा कुनै सत्यता नरहेको बताउनु भयो । उहाँले आजको नियुक्तीले यसलाई प्रष्ट पारिदिएको मुख्यमन्त्री यादवले बताउनु भयो । उहाँले स्टाफ नर्सको पढाईका लागि कलेजहरुको स्थापना गर्ने समेत बताउनु भयो ।
त्यसैगरि उपकुलपति डा. साहले प्रतिष्ठानसंग आवद्ध रहेको अस्पतालको सुधार आफनो प्राथमितामा रहने बताउँदै केही दरबन्दीहरुको समस्याको कारण यस्तो अवस्था आएको बताउनु भयो । दरबन्दी सृजना गरेर अस्पतालको सुधारमा भुमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले गुणस्तीयर स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक अवस्था यसमा सुधार नै आफनो प्राथमितामा रहने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच