बागलुङ बस दुर्घटना : घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

हिजो पूर्वीरुकुमबाट काठमाडौंतर्फ आउदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?