भोजपुर । गायन कला भएर पनि प्रतिभा देखाउन नपाएका कलाकारहरुका लागि संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगितामा भोजपुरका दुई जनासहित १० जना छनोट भएका छन् ।
पूर्वको धरानमा संचालन भइरहेको प्रतियोगिताबाट फाइनल चरणका लागि दश जनालाई छनोट गरिएको पूर्वी स्टार सिजन–१ का प्रबन्ध निर्देशक टिआर सेनेहाङले बताउनुभयो ।
उहाँले भन्नभयो, “गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविस्य स्थापना गर्ने उद्धेश्यका साथ प्रतियोगिता संचालन गरेका हाँै ।” प्रतियोगिता अन्तर्गत टप–१५ बाट टप–१० छनोट गरिएको हो ।
हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको टप–१० मा ५ महिला र ५ पुरुष रहेको पूर्वी स्टार सिजन–१ का कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयाे । कुरुम्बाङका अनुसार टप–१५ मा इलामका अजय खत्री वेष्ट पर्फमर बन्न सफल हुनु भएको थियो । आगामी चरणका लागि महिलातर्फ भोजपुरकी शान्ति राई, अजया खत्री इलाम, फेसना राई धरान, स्वस्तिका योङहाङ इलाम र शान्ति लिम्बु सिक्किम छनौट हुनु भएको छ । यस्तै पुरुष तर्फ भोजपुरका साजन बान्तवा राई, सागर तामाङ आसाम, बिजय केदेम ताप्लेजुङ, अरुण बराईली धरान र भैरब लिम्बु तेह्रथुम अर्को चरणका लागि छनोटमा पर्नु भएको छ ।
काठमाण्डौ बाहिर पहिलो पटक हुँदै गरेको रियालिटी शो पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गीत रेकर्ड र प्रमाण पत्र पाउने आयोजक पक्षले जनाएको छ ।
प्रतियोगिताको फाइलन भने आगामी बैशाखमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच