काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।
सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो ।
साझा न्यूनतम कार्यक्रम विगतबाट शिक्षा लिएर परिमार्जन गर्ने प्रयास भएको भन्दै प्रधानमन्त्रीले कार्यक्रम विगतभन्दा संक्षेपीकरण भएर आएको जिकिर समेत गर्नुभयो । लेखेर मात्र नहुने बताउँदै उहाँले कार्यन्वयनमा गम्भीरता र तत्परता आवश्यक भएको बताउनु भयो ।
उहाँले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न दिर्नेशन दिनुभयो ।
“जनतामा नयाँ आशा र भरोसा जगाउन समृद्धिको नयाँ यात्रामा अघि जान यो समीकरण आएको छ । त्यसकारण हामीले नीति कार्यक्रम भाषामा कस्तो बनायौँ भन्दा अब व्यवहारमा जनतालाई डेलिभरी दिन कति जिम्मेवारपूर्ण भएर अघि बढ्छौँ भन्ने त्यसले पुष्टि गर्छ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो सङ्कल्प र समीकरणबाट पनि जनतामा सेवा प्रवाह भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताका पक्षमा काम गर्नुहोला ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच