मेस्सीले पिएजसी छाड्ने

Read Time = 3 mins

पेरिस । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) छाड्नुहुने भएको छ । यसै वर्ष अर्जेन्टिनालाई विश्वकप विजेता बनाउँदै विश्व च्याम्पियन बन्नुभएका मेस्सीले यसै सिजनको अन्त्यमा पिएजसी छोड्नुहुने भएको हो ।

पछिल्लो समय मेस्सी र क्लबबीच देखिएको असमझदारीका कारण उहाँ सम्झौता नथप्ने निष्कर्षमा पुग्नुभएको हो । ३५ वर्षीय मेस्सी क्लबको अनुमति बिना आफ्नो व्यावसायिक कामका लागि साउदी अरब गएको भन्दै मंगलबार पिएजसीले उहाँलाई दुई साताका लागि निलम्बन गरेको छ । मेस्सीले आफ्नो कामका लागि अनुमति मागेपनि क्लबले नदिएपछि उहाँले अटेरी गर्नुभएको थियो । त्यसको परिणामस्वरूप उहाँलाई क्लबले कारबाही गरेको हो ।

निलम्बन अवधिमा मेस्सीले पिएजसीबाट प्रशिक्षण गर्न वा खेल खेल्न पाउने छैनन । मेस्सीले पिएजसीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको छ । दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनुहुनेछ । लिग वानमा पाँच खेल बाँकिरहँदा शीर्षस्थानमा रहेको पिएसजीले स्पष्ट पाँच अंकको अग्रता लिएको छ । पछिल्लो ११ सिजनमा पिएसजी नवौं लिग वान उपाधि जित्न चहान्छ ।

मेस्सीका सम्झौतामा एक वर्ष थप सम्झौता लम्बाउँन सकिने उल्लेख थियो । तर उक्त घटनापछि मेस्सीले बहिर्गमन निश्चित गरेको बीबीसीले जनाएको छ । पिएजसी छाडेका मेस्सी सम्भवतः पुरानो क्लब बार्सिलोना फर्किने सम्भवाना प्रचुर छ । बार्सिलोनाले पनि उहाँलाई भिœयाउन प्रयास गरिरहेको छ । त्यसबाहेक मेस्सीलाई अनुबन्ध गर्न अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी र साउदी अरेबियाको अल हिलालले प्रयास गरिरहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?