
काठमाडौं । सोमबार सामान्य सुधार देखिएको सेयर बजार मंगलबार भने २३.८२ अंकले घटेर १८२९.६५ अंकमा झरेको छ । यस दिन ९५ करोड चार लाख ७९ हजार पाँच सय ८४ रुपैयाँको सेयर कारोबार भएको छ । दुई सय ८५ कम्पनीका ३६ लाख ७५ हजार एक सय एक कित्ता सेयर कारोबार भएकोमा १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डबाहेक १२ वटै घटेको छ । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक ३.१२, लघुवित्त २.८९ र होटल तथा पर्यटनमूलक २.६२ प्रतिशतले घटेको छ । त्यस्तै वित्त, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापारको इण्डेक्स पनि एक प्रतिशतभन्दा बढीले घटेका छन् ।
हिमालयन डिस्टिलरीको सर्वाधिक सात करोड ७८ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्स एण्ड आयलको चार करोड ३९ लाख २५ हजार, शिवम् सिमेन्ट तीन करोड ७० करोड ५८ लाख, सोल्टी होटल दुई करोड ८८ लाख २७ हजार र हाथवे इन्भेष्टमेन्टको दुई करोड ६८ लाख ८१ हजारको सेयर कारोबार भएको छ । मेन्छियम हाइड्रोपावरको सेयरमूल्य ८.१३ प्रतिशतले बढेको छ भने विपिडब्लु लघुवित्त ७.४६, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२, ६.१४, १० प्रतिशत प्रभु डिबेञ्चर २०८४ को ६.११ र एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य ५.६७ प्रतिशतले बढेको छ ।
माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९४, महिला लघुवित्त ८.४६, उपकार लघुवित्त ७.३२, नेष्डो समृद्ध लघुवित्त ७.२७ र हिमालयन डिष्टिलरीको ६.५९ प्रतिशतले सेयर मूल्य घटेको छ । मंगलबार कारोबार कित्ताका आधारमा लक्ष्मी इक्विटी फण्डको सर्वाधिक दुई लाख नौ हजार सात सय ६० इकाई तथा सोनापुर मिनरल्सको एक लाख ६७ हजार सात सय ३० कित्ता कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मंगलबार कुल बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख रुपैयाँमा समेटिएको छ ।
नेप्सेको व्यवस्थापन विदेशीलाई दिनुपर्ने सुझाव
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को व्यवस्थापन विदेशी स्टक एक्सचेन्जलाई दिनुपर्ने बताइएको छ । स्वामित्व पुनर्संरचनाअन्तर्गत सर्वसाधारणमा सेयर जारी गर्ने वा रणनीतिक साझेदारसमेत भित्र्याउन सुझाव दिइएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को पुनर्संरचना सम्बन्धमा भएको पछिल्लो अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो । साथै नेप्सेमा ५१ प्रतिशत स्वतन्त्र सञ्चालक रहने व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।
प्रतिवेदनले हाल नेप्सेको सञ्चालक समितिमा सरकारी अधिकारी पनि रहने गरेको र यसले निर्णय गर्दा स्वार्थ बाझिने गरेको, सरकारी लगानीको स्टक एक्सचेन्ज हुँदा नियामक निकाय धितोपत्र बोर्डले नियमन गर्न नसकिरहेको उल्लेख छ । नेप्से पुनर्संरचना रणनीति बनाउँदा हाल नेप्सेमा सेयरको कारोबारमात्र भइरहेकाले पुनर्संचरनाका क्रममा कारोबार हुने उपकरणको विविधीकरण गर्नुपर्ने, हेजिङ फण्ड, लगानीकर्तालाई पुँजी उपलब्ध गराउने तथा तालिम दिनेलगायतका काम गर्ने प्रोप्राइटरी ट्रेडिङ सञ्चालन गर्ने सहायक कम्पनी चलाउन सक्नेलगायतका सुझाव रहेका छन् । साथै हाल दुई अर्ब रहेको नेप्सेको चुक्ता पुँजी बढाएर तीन अर्ब पुर्याउनुपर्ने सुझाव छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच