काठमाडौं । कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलता भन्ने नाराका साथ नेपाल उद्योग परिसंघ(सिएनआई) अन्तर्गतको महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ चैत १७ र १८ गते चितवनमा हुने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सिएनआईले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नु रहेको सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले बताउनुभयो । सम्मेलनमा कृषिमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने उहाँले बताउनुभयो ।
उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था सिएनआईले महिला नेतृत्व फोरममार्फत् महिला उद्यमीको सशक्तीकरण तथा प्रवद्र्धनको समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकतामा राख्दै कृषिमा महिलालाई प्रोत्साहन, उनीहरूका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकलाई अघि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा सरकारलाई सुझाव पेश गरिने महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले जानकारी दिनुभयो । सम्मेलनअन्तर्गत भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधि प्रदर्शनीसमेत गरिनेछ । सम्मेलन उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले गर्नुहुने बताएको छ । सम्मेलनको सहयोगी संस्थामा युएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच