खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा विद्युत सर्ट भई आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
गएराती १ः५० बजे एक्कासी विद्युत सर्ट हुँदा जालपा साम्बरेका भगतबहादुर राई र भिम बहादर राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भगतको ढुंगा माटो काठले बनेको जस्ताको छाना भएको दुई तल्ले घर, घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र जल्दा ३० लाख वरावरको क्षति भएको छ ।
आगलागीबाट भिम बहादुरको ढुंगा माटो काठले बनेको जस्ताको छाना भएको दुई तल्ले घर, घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र जल्दा ३० लाख वरावरको क्षतिभएको छ ।
गएको फागुन ११ गतेदेखि चैत ६ गतेसम्म जिल्लाको विभिन्न ३५ स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।
वन डढेला र विद्युत सर्ट भई भएको उक्त आगलागीबाट १९ वटा गोठ, १६ वटा घर र ७१ वटा चौपाया जलेर नष्ट हुँदा अन्दाजी १ करोड ६३ लाख ७७ हजार ५०० को क्षति भएको छ ।
गएराती देखि पानी परेपछि जिल्लाको विभिन्न सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आएको प्रनाउ खड्काले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच