
बारा । साउण्ड सर्विस तथा डिजे संचालकहरुले बारामा साउण्ड सर्भिस तथा डिजे बजाउन माग गरेका छन् ।
बाराको सदरमुकाम कलैयामा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले साउण्ड सर्भिस तथा डिजे समन्वय समिति बाराले डिजे बजाउन माग गरेका हुन् ।
विगत २ हप्तादेखि बारा जिल्ला भरि साउण्ड सर्भिस तथा डिजे बाजा बजाउनमा प्रशासनले लगाएको रोकको विरोध गर्दै जिल्ला भरिका डिजे संचालकहरुले पत्रकार सम्मेलन मार्फत डिजे बाजा संचालन गराउन गर्न गराउन पत्रकार सम्मेलन गर्नु भएको छ ।
अहिले देशमा आर्थिक मन्दी बढ्दै गएको छ, साउण्ड सर्भिस तथा डिजे समन्वय समिति बाराका अध्यक्ष ललन साहले भन्नुभयो,‘ आर्थिक मन्दीको कारण व्यापार व्यवसाय ठप्प भएर पलायन हुने अवस्था आएको छ । यस्तो आर्थिक मन्दीको समयमा पनि हामी जेनतेन गरी डिजे बाजा बजाएर परिवार पालिरहेका छौँ । हामी जस्ता कम पढेलेखेका व्यक्तिहरुले सानो तिनो व्यापार व्यवसाय गरेर जिवन पाल्नु पर्ने अवस्था छ, कित विदेशिनु पर्ने बाध्यता छ ।
देशमा रोजगारी नभएकै कारण आफूहरुले ऋण कर्जा लिएर आफूले जानेको सीपको सदुपयोग गरी डिजे बाजा संचालन गरी परिवारको पालन पोषण गर्दै आएको उहाँले बताउनु भयो । प्रशासनले विना कुनै सूचना एक्कासी साउण्ड सर्विस तथा डिजे बन्द गराउनु दुःखद रहेको बताउँदै उहाँले व्यापार व्यवसाय बन्द गरेर कहाँ जाने के गर्ने आफनो परिवारको पालन पोषण कसरी गर्ने चिन्ताले सताएको बताउनु भयो ।
पटक पटक जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्दा समेत समस्या समाधान हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,‘ प्रशासनले कुनै निति नियम नै तयार नगरी सीधै डिजे बजाउनमा प्रतिबन्ध लगाएको छ । जबकि प्रशासनले निति निर्माण गरी यस्ता यस्ता ठाउँमा डिजे नबजाउनु बजाउनु पर्ने भए सानो स्वरमा बजाउनु वा यस्ता यस्ता ठाउँमा नबजाउनु भनि निर्देशन गर्नु पथ्र्यो त्यस्तो केही नगरी डिजे बाजामाथि नै प्रतिबन्ध लगाउँदा हाम्रो व्यापार व्यवसाय नै चौपट भएको उहाँले आरोप लगाउनुभयो ।’
सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे बजाउने ध्वनि प्रदुषण गर्ने गरेको कारण बारा जिल्ला भरी डिजे बाजामा प्रतिबन्ध लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।
पटक पटक चेतावती दिँदा समेत अटेरी गरेको र सरकारको नीति अनुसार नै ध्वनि प्रदूषण रोक्न यस्तो निर्णय गरिएको उहाँले बताउनु भयोे । विशेष गरि डिजेका कारण विद्यार्थीहरुलाई पठनपाठन, सार्वजनिक स्थानमा ध्वनी प्रदुषण, विरामीहरुलाई समेत यसले प्रत्यक्ष प्रभाव पार्ने गरेको कारण डिजे बजाउन प्रतिबन्ध लगाइएको बताउँदै उहाँले अरुलाई समस्या नहुने गरी बजाउन कुनै रोक नलगाइएको प्रजिअ घिमिले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच