भोजपुर । पहाडी जिल्ला भोजपुरमा हरेक बर्ष संचालन हुँदै आएको आमन्त्रित अन्तर्राष्ट्रिय मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिता आगामी चैत्र २२ गतेबाट संचालन हुने भएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा प्रतियोगिता संचालन हुन लागेको जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो । चैत्र २२ गतेबाट चैत्र २८ गतेसम्म स्वदेशी र बिदेशी टिमको सहभागितामा प्रतियोगिता संचालनको तयारी थालिएको सुवालले बताउनुभयो ।
जिल्लाकै प्रतिष्ठित सातौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको हो । प्रतियोगिता संचालनका लागि नगरपालिकाले ३० लाख बजेट बिनियोजन गरेको छ भने अन्य लागत खर्च संकलन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सह-प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेड रहेको छ ।
प्रतियोगितामा नेपाल भित्रका जिल्ला स्तरीय टिम, ए डिभिजन स्तरीय क्लव र बाहिरी टिमले सहभागिता जनाउने आयोजक पक्षले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच