उन्नति र प्रगतिका तौरतरिका आ–आफ्नै छन् । उन्नतिलाई परिभाषित गर्ने तरिका व्यक्तिपिच्छे फरक–फरक रहेको पाइन्छ । परिभाषा दिने क्रममा बेग्लाबेग्लै शब्दहरूको प्रयोग गरे पनि जोसुकै मनुष्यले चाहने भनेको उन्नति प्रगति नै हो । अधोगति वा अवनति कसैको चाहनामा पर्दैन । नेपाली बृहत् शब्दकोशमा हेर्ने हो भने उन्नत हुँदाको अवस्था, बढिबढाउ, प्रगति, अभिवृद्धि, कुनै क्षेत्रमा भएको उद्योग, उद्यमलाई उन्नति भनिएको छ । राम्रोसित अगाडि बढ्ने कार्य, माथि उक्लने काम, राम्रोसित अगाडि बढ्ने प्रक्रिया, उन्नति, विकास, उत्थानलाई प्रगतिका रूपमा परिभाषित गरिएको छ । अर्थात् उन्नति र प्रगति उस्तै–उस्तै अर्थ जनाउने शब्द हुन् ।
आध्यात्मिक जगत्मा उन्नति गर्नुको अर्थ अर्कै हुन्छ भने भौतिक जगत्मा प्रगति गर्नुको माने बेग्लै हुन्छ । उन्नति प्रगति गर्नका लागि प्रयोग गरिने साधन पवित्र हुनुपर्दछ भन्ने सैद्धान्तिक मान्यता राखिएको हुन्छ तर वर्तमानको भौतिक युगमा साधन जस्तोसुकै होस्, तिनको उपयोग गरेर येनकेन प्रकारेण सिँढी उक्लनुलाई नै प्रगति मान्ने गरिएको छ । गलत प्रक्रियाद्वारा हासिल गरिएका उपलब्धिका परिणाम भविष्यमा नकारात्मक हुन्छन् तर साधनहरू सही प्रयोग गरिएको छ भने प्रगति हात पार्न दीर्घकाल लागे पनि त्यसको परिणाम मीठो हुन्छ ।
राजनीतिमा लागेकाको अन्तिम सन्तुष्टि देश र जनताको प्रगतिमा हुनुपर्ने हो । जनताका मुहारमा हाँसो झल्किँदा नेताका अनुहारमा उज्यालो आउनुपर्ने हो तर नेताले पद नपाउँदासम्म उसको मुख जहिल्यै अँध्यारो देखिन्छ । सांसद् भएको नेताले सो पदमै चित्त बुझाउने गरेको कसैले देखेको छैन ।
मान्छेहरूले गरेका प्रगतिका परिणाम तुलना गर्न धेरै टाढा जानै पर्दैन । भर्खरै पर्दाफास भएका ठूलाठूला काण्डहरू हेर्दा पनि पुग्दछ । बालकृष्ण खाँण लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि रगत पसिना बगाएका नेता हुन् तर उनको संगत गलत मान्छेहरूसँग पर्दा धेरै माथि पुगे पनि एक्कासी निकै तल झर्न परेको छ । कृष्णबहादुर महरा माओवादी व्यवस्था लाद्नका लागि जंगल पसेर युद्ध गरेका र धेरै नेपाली जनताले ज्यान गुमाउन पर्ने गरी संघर्ष गरेका व्यक्ति हुन् । उनले राजनीतिक, आर्थिक र सामाजिक प्रगतिको उत्कर्ष निरन्तर चाहे तर त्यसका लागि अपनाइएका साधन, प्रक्रिया र बाटा नितान्त गलत हुँदा उनले आफ्नोमात्रै नभएर छोराको समेत दुर्गति भोग्नुपरेको छ ।
मान्छे आफूसँग जे छ त्यसलाई प्रगति मान्न सक्दैन । जे प्राप्त गर्न मुस्किल छ र पाउन बाँकी छ, त्यसैको प्राप्तिलाई मात्रै उन्नति भएको ठान्दछ । आफूसँग उपलब्ध सुख, सुविधा र शौकतबाट मान्छे सन्तुष्ट हुन सकेको देख्दै देखिँदैन । सही होस् या गलत जुनसुकै बाटो अपनाएर भए पनि भएको धनमा धन थप्नु र वर्तमानमा रहेको मानमा मान थप्नुलाई नै सफलता ठान्दछ । एउटै पदमा भए पनि समकक्षीभन्दा आफ्नो केही न केही रबाफ बढी होस् भन्ने चाहना मान्छेले राख्ने गर्दछ । टेकनारायण पाण्डे शिक्षासचिव हुँदा नै चित्त बुझाएको भए आजसम्म पनि सचिव नै हुन्थे तर गृहसचिव हुँदाको फाइँफुर्तिमा लोभिँदा हुनपुगेको दुर्गति कसैलाई बुझाइरहनै पर्दैन ।
पद र शक्तिलाई प्रगति मान्दा ती प्राप्त गर्नका लागि राजनीतिक नेता र नेतृत्वहरूको पछि लाग्नै पर्दछ भन्ने आजभोलिका परिणामहरूले देखाएका छन् । सत्यलाई मनमै राखेर असत्य भए पनि नेताका लागि प्रिय शब्दहरू बोल्न सक्नेको मात्रै प्रगति हुने गरेको देखिएको छ ।
उन्नति प्रगतिको चाहना पनि अचम्मको छ । उपप्राध्यापक पदमा विश्वविद्यालय प्रवेश गरेको मान्छेको अन्तिम लक्ष्य प्राध्यापक पद हो र हुनुपर्दछ तर नेपालमा यसलाई कसैले गन्दैन । क्याम्पस प्रमुख हत्याउन अनेक हत्कण्डा चाल्दछ । विद्यार्थी प्रयोग गर्दछ र भोलि तिनै विद्यार्थीको चाहना पूरा गर्दा गर्दै आफैं खाडलमा परिसकेको हुन्छ तर उसले पत्तै पाउँदैन । प्राध्यापक भएर विद्यार्थी बसेका कक्षामा जानभन्दा नेताका घरमा गएर उपकुलपति आदि पद हासिल गर्नुलाई नै उन्नति ठान्दछ । विद्यार्थीले पढाउनै नजान्ने वा ठग प्राध्यापक भनेर लगाएको आरोपले उसलाई लज्जाबोध हुँदैन बरु चाकडीबाट पाएको पदमा गर्व अनुभव गर्दछ ।
शाखा अधिकृतमा प्रवेश गरेको कर्मचारीको अन्तिम लक्ष्य भनेको पाएसम्म मुख्यसचिव र सो सम्भव नभए सचिव नै हो । सचिव पाइसकेको व्यक्ति सोही पदमै सन्तुष्ट भएको फिटिक्कै देख्न पाइँदैन । संवैधानिक आयोगहरूलाई अर्जुनदृष्टिमा राखेर नेताहरूले भनेका गर्न हुने र नहुने सबै काम सचिवहरूले गर्दछन् । संवैधानिक आयोग पाउने सम्भावना नभए मुख्यसचिव पद छाडेर धनका लोभमा उपसचिव जाने विदेशी नियोगमा जागिर खान गएको पनि देखिएकै छ । नेताहरूको चाकरी गरेर नयाँ पद सिर्जना गरी मुख्यसचिव जागिर खान गएको पनि देखेकै छौं ।
राजनीतिमा लागेकाको अन्तिम सन्तुष्टि देश र जनताको प्रगतिमा हुनुपर्ने हो । जनताका मुहारमा हाँसो झल्किँदा नेताका अनुहारमा उज्यालो आउनुपर्ने हो तर नेताले पद नपाउँदासम्म उसको मुख जहिल्यै अँध्यारो देखिन्छ । सांसद् भएको नेताले सो पदमै चित्त बुझाउने गरेको कसैले देखेको छैन, उसलाई मन्त्री बन्न नपाएसम्म निद्रै लाग्दैन । एकपटक प्रधानमन्त्री हुँदैमा ढुक्क बसेको शीर्ष नेता कुनै राजनीतिक दलमा छैन । तीन पटक प्रधानमन्त्री भएकालाई कसरी चौथो पटक र पाँच पटक भएकालाई कसरी छैटौँ पटक प्रधानमन्त्री हुने भन्ने ध्याउन्न मात्रै हुन्छ ।
मेरा एक मित्र छन् टेकराज पौडेल । आठ कक्षा पढ्दै गर्दा एक हातमा कांग्रेसका झण्डा र अर्को हातमा बहुदलको पर्चा बोकेर सडकमा उत्रेका थिए । लोकतान्त्रिक काल र गणतान्त्रिक कालमा होइन कि पञ्चायत कालमै हो । प्रहरीले पक्रेर लग्यो र बालकै देखेर थर्काएर पठाएको थियो । उनी निरन्तर कांग्रेसमा छन् । प्रगतिका लागि कहिले यो नेता समात्ने र कहिले ऊ नेता पक्रने उनको बानी छैन अर्थात् उनी चलायमान छैनन् । पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्मकाले उनलाई चिन्दछन् । चुनावहरू आउँदा टिकटको आशा गर्दछन् तर आजसम्म पाएका छैनन् । उनले मौका पाउनुपर्दछ भन्नेहरू पनि प्रशस्तै छन् । उनीभन्दा पछिकालाई अवसर दिइन्छ तर उनलाई दिइँदैन । कारण उनी कुनै हालतमा पनि मौकापरस्त हुन सक्दैनन् । जमाना मौकापरस्तहरूकै छ । हजारौं मान्छेले उनलाई नेता हो भन्दैमा उनको उन्नति भएको ठहरिँदैन । लोकतन्त्रका लागि उनले थपेका दाउरालाई प्रगति मानिँदैन । प्रगति त्यही पदमै गएर अड्किएको छ ।
पद र शक्तिलाई प्रगति मान्दा ती प्राप्त गर्नका लागि राजनीतिक नेता र नेतृत्वहरूको पछि लाग्नै पर्दछ भन्ने आजभोलिका परिणामहरूले देखाएका छन् । सत्यलाई मनमै राखेर असत्य भए पनि नेताका लागि प्रिय शब्दहरू बोल्न सक्नेको मात्रै प्रगति हुने गरेको देखिएको छ । नेताको आशय बुझेर देश र जनताका लागि हानीकारक भए पनि गलत बाटो रोज्नेहरूकै उन्नति प्रगति भएको पाइन्छ । आफू भडखालामा पर्दैछु भन्ने जान्दा जान्दै पनि खराब काम गर्न पछि नपर्नेहरूकै उन्नति हुने गरेका दृष्टान्तहरू पर्याप्त भेटिन्छन् तर त्यस्ता प्रगतिहरू क्षणिकमात्रै हुने गरेको पनि देखिएकै छ ।
कमरेड प्रचण्डलाई राणाहरूले उपभोग गरे जस्तो सुखसुविधा त्यागी माओवादी पार्टीलाई जनताको पार्टी बनाउन सल्लाह दिनेहरू आज पनि दुर्गम क्षेत्रको कुन कुनामा छन् कसैलाई पत्तो छैन । हजुरले त कहाँ दुई करोडको गाडी चढेर हुन्छ, अलि महँगो मगाउनु प¥यो भन्नेहरू कतिपटक सत्तामा पुगे सबैलाई थाहा छ । केपी ओलीलाई संसद् भंग गर्न हुँदैन भन्नेहरूले कि त पार्टी छाडेर जान परेको कि एमाले भित्रै दोस्रो दर्जाको बनेर रहुन परेको पनि सबैले देखेकै छन् । दाइमात्रै होइन भाउजूले समेत शासन गर्न पाउनु पर्दछ भनेर नारा लगाउनेहरूकै निरन्तर जयजय भइरहेको पनि प्रष्टै छ ।
त्यसैले तपाईं भौतिक दुनियाँको क्षणिक प्रगतिका पक्षमा हुनुहुन्छ भने आजैदेखि नेताका पक्षमा नारा लगाउन थाल्नुस् । भोलि जेल पर्नुपरे पनि आज सुविधा भोग्ने नै हो भन्ने लागेको छ भने आजैदेखि नेताका गलत कुराहरूलाई सही प्रमाणित गर्न आरम्भ गर्नुस् । यसो गर्नुभयो भने ल्याप्चे नै भए पनि विश्वविद्यालयको उपकुलपति बन्न सक्नुहुन्छ । आठ कक्षा पास नगरे पनि देशको अर्थमन्त्री बन्न तपाईलाई कसैले रोक्दैन । योग्यता भनेकै नेताको चाकरी हो भन्ने ठानेर निरन्तर लाग्नुस्, तपाईंको प्रगति कसैले छेक्न सक्दैन ।
राजाका अगाडि पर्नु हुँदैन, संगत गर्न हुन्न भन्ने नीति वचन छ । राजा भन्नुको अर्थ शक्ति हो । महराको प्रचण्डसँग निकट सम्बन्ध नभएको भए शायद यो परिणति हुँदैनथ्यो कि ? त्यस्तै खाँणसँग टेकनारायण पाण्डेको नजिकको सम्बन्ध नभएको भए उनले यस्तो अवस्था भोग्न पर्दैनथ्यो कि ? भानुभक्त ढकाललाई किन ओम्नीको भाउँतो आइलाग्या होला ? गोकुल बाँस्कोटाले चर्चित हुने मौका किन पाए ? भावीको लेखा त कसले जानेको छ र तैपनि प्रगति उन्नति चाहनेहरूले भने विचार पु¥याउनै पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच