आलिया भट्टको डेब्यु हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फष्र्ट लुक सार्वजनिक

Read Time = 1 min

एजेन्सी/आलिया भट्टको डेब्यु हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सार्वजनिक भएको छ । फष्र्टलुक भिडियोबाट आलियाको लुक पनि बाहिरिएको छ । जसमा उहाँको एक्सन अवतार देख्न सकिन्छ ।

नेटफ्लिक्स थ्रिलर यस चलचित्रलाई टम हार्परले निर्देशन गर्नुभएको हो । चलचित्रमा अभिनेत्री गल ग्याडोट र जेमी डोर्नन मुख्य भूमिकामा हुनुहुन्छ । आलियाले इन्स्टाग्राममा ‘हार्ट अफ स्टोन’को फष्र्ट लुक भिडियो शेयर गर्दै लेख्नुभएको छ, ‘हार्ट अफ स्टोन र केइयाको फष्र्ट लुक ।’ आलियाले भिडियो शेयर गरेसँगै आलियाका फ्यानहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । यो चलचित्र सन् २०२३ मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा सार्वजनिक हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?