
कालीकोट । पत्रकारिता सम्बन्धि अध्ययन नगरेका र तालिम पनि नपाएका तर लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा काम गर्दै आइरहेका कालीकोटका २० जना पत्रकारलाई आधारभूत पत्रकारिता सम्बन्धि दुइदिने तालिम दिइएको छ ।
पत्रकारिता अध्ययन र तालिमबिनै सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धी र समाचार लेखनशैली, समाचार सङ्खलन, समाचारको बिषयबस्तु छनोट लगायतका बिषयमा आधारित रहेर आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको थियो ।
यूरोपियन युनियनको आर्थिक सहयोग प्लान इन्टरनेशनल नेपालको सहर्काय तथा फेडो नेपाल कालीकोटको आयोजनामा कालीकोटको सदरमुकाम मान्ममा बुधबार उद्घाटन गरिएको दुइदिने तालिमको बिहिबार समापन गरिएको छ । जिल्लामा रहेका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारकोहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको फेडो नेपालका जिल्ला संयोजक रमेश नेपालीले बताउनुभयो ।
तालिमको सहजिकरण गर्नुभएका पत्रकार तीर्थराज न्यौपानेले ग्रामीण क्षेत्रमा पत्रकारिता गर्दै आएका सञ्चारकर्मीको मागअनुसार आधारभूत पत्रकारिता तालिम प्रदान गरिएको जानकारी दिनुभयो । तालिमकका क्रममा फिचर लेखन, अन्र्तवार्ता तयारी, रेडियो रिपोर्टिङ तथा टेलिभिजन समाचार प्रशारणलगायतका बिषयमा सहजिकरण गरिएको थियो ।
दुईदिन सञ्चालन भएको तालिममा २० जना पत्रकारको सहभागिता रहेको थियो । तालिम अवधिमा सहभागि प्रशिक्षार्थी पत्रकारलाई स्थलगत रुपमा समाचार सङ्खलन गर्न लगाइएको र संकलित समाचार तयार पार्न समेत लगाइएको थियो । तालिमको सहजिकरण नेपाल टेलिभिजनका निर्मल अधिकारी र जनता टेलिभिजनमा कार्यरत पत्रकार तिर्थराज न्यौपाने गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई आधारभूत पत्रकारिता तालिमले अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लामा सक्षम र गुणस्तरीय पत्रकारको अभाव रहेकाले तालिमले त्यस्ता पत्रकार बन्न सघाउने समेत बताउनुभयो ।
जिल्लामा दलित महिला र जातीय छुवाछूत, बालबबिवाह जस्ता क्षेत्रमा गर्दै आइरहेको फेडो नेपालले आयोजना गरेको पत्रकारिता तालिममा बिशेष गरि मानअधिकार उल्लंघनका घटना, जातीय छुवाछूत, महिला हिंसा, र बालबविाह जस्ता समाजिक अपराधका घटनामा समाजमा रहेका बुलन्द आवाजलाई पत्रकारितामार्फत उठान गर्न यो तालिको आयोजना गरिएको र संस्थाले पनि सो अपेक्षा गरको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच