![प्रेम सुवालको टिप्पणी : हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/prem-suwal-samsad.jpg)
काठमाडौं । सामाजिक विकास इकाई कार्यालय राजविराज, सप्तरीका सव–इन्जिनियर अजय रजकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिँदालिँदै उनी पक्राउ परेका थिए । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अजयकुमार साफी भन्ने अजय रजक घुसबापतको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।
आयोगको टोली देखेपछि उनी घुसबापत लिएको रकम र चेक छोडेर भागेका थिए । तर आयोगको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।
सोही आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच