सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात् मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एकदिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागिता जनाउने १२ टोलीको टुंगो लाग्नुका साथै खेलतालिकासमेत सार्वजनिक गरिएको छ । १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा थकाली सेवा समिति, जलजला परिवार, पर्वत बेनी, मोना अस्ट्रेलिया, आयोजक गल्कोट समाज अस्ट्रेलिया र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् ।
समूह ‘बी’ मा छन्त्याल परिवार अस्ट्रेलिया, गोल्डेन ब्वाइज, म्याग्दी काली, दि गोर्खा स्पोर्ट्स क्लब ‘ए’ र ‘बी’सँगै पोखरा भलिबल क्लब रहेका छन् । प्रतियोगिताको विजेता टोलीले दुई हजार ५०० अस्ट्रेलियन डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले एक हजार ५०० डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । सर्वाेत्कृष्ट खेलाडीले १०० अस्ट्रेलियन डलर तथा व्यक्तिगत विधाका उत्कृष्टहरूले ५० अस्ट्रेलियन डलर पाउनेछन् ।
प्रतियोगितालाई नमस्ते ज्वेलर्सले मुख्य प्रायोजन गरेको छ । बिएनबी होम लोन, एएलडी कर्पाेरेट, वल्ड दरबार, हाम्रो रेमिट, दा भिन्ची टुर्स एण्ड ट्राभल्स, ग्लोबल कन्सल्ट एजुकेसन एण्ड भिजा, लालटिन कजिन, युनिक होम्स, डिबी सर्भिस गु्रप र एभरेस्ट तन्दुरीले पनि सहयोग गरेका छन् ।
पछिल्लो समय सिड्नीमा रहेका नेपाली समुदायबीच नेपालको राष्ट्रिय खेल भलिबलको निकै लोकप्रियता बढ्दै गइरहेको छ । विभिन्न क्लबहरूले प्रतियोगिताहरू आयोजना गर्दै गइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच