यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

Read Time = 1 min

काठमाडौं । सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभएको छ। उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ ।

बसुन्धाराबााट पार्टीको कार्यालय शुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् ।

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिनुभएको छ । यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ । निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताउनु भएको छ ।

उहाँले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताउनु भने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?