काठमाडौं । सुदूरपश्चिमको धार्मिक पर्यटनका लागि जाने आन्तरिक पर्यटनले प्रतिपर्यटक औसत खर्च १६ हजार पाँच सय ६७ रुपैयाँ खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ । पर्यटकले होटलको बसाइ, यातायात, खाना तथा उपहारका लागि उक्त रकम खर्चने गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने आन्तरिक पर्यटकको भ्रमण अवधि २.६ दिन रहेको र होटलको भुक्तानी धेरैजसो नगदमै हुने गरेको देखिएको छ । अध्ययन प्रतिवेदनअनुसार कुल पर्यटकमध्ये ३८.३० प्रतिशतले होटलको भुक्तानी नगदमा नै गर्ने गरेको पाइएको छ भने क्युआरमार्फत् २७.६६ प्रतिशत, १२.७७ प्रतिशत इन्टरनेट बैंकिङबाट तथा बाँकी भुक्तानी कार्ड र डिजिटल माध्यमबाट हुने गरेको देखिएको छ ।
आन्तरिक पर्यटकको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४६ प्रतिशत खर्च भएको देखिएको छ भने होटलमा खाना तथा बस्न र पूजा सामग्री, उपहारका लागि २६ प्रतिशत रहेको छ ।
धार्मिकस्थलको भ्रमण गर्ने ४६.६७ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २१.११ प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको छ । सुदूरपश्चिम भ्रमणमा जाने आन्तरिक पर्यटकमध्ये ५४.४४ प्रतिशतले परिवारका सदस्यसहित धार्मिकस्थलको भ्रमण र २२ प्रतिशत पर्यटक परिवारका सदस्यबाहेक अन्य समूहगतरूपमा भ्रमण गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
धार्मिकस्थलको भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी ३६.६७ प्रतिशत, ५६ देखि ६५ र ६६ देखि ७६ वर्षभन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम ४.४४ प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागी ६६.६७ प्रतिशत पर्यटकले आफ्नो मनोकांक्षा प्राप्तिका लागि गरेको भाकल/वाचा पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमणमा आएको जनाएका छन् । आन्तरिक पर्यटकको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४६ प्रतिशत खर्च भएको देखिएको छ भने होटलमा खान तथा बस्न र पूजा सामग्री, उपहार खर्चका लागि २६ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम क्षेत्रका होटलको मासिक औसत अकुपेन्सी ४० प्रतिशत रहेको छ भने ४२ प्रतिशत होटल सुविधा विस्तार गर्ने र ३९ प्रतिशत होटल क्षमता विस्तार गर्ने योजनामा रहेको र १५ प्रतिशतमात्र हालको अवस्थामा यथावत्रूपमा होटल सञ्चालन गर्ने योजनामा रहेको पाइएको छ भने चार प्रतिशत व्यवसायीको होटल व्यवसाय बन्द गर्ने योजना रहेको पाइएको छ ।
केन्द्रीय बैंंकले सोमबार लुम्बिनी प्रदेशको रेमिट्यान्ससम्बन्धी अध्ययन सार्वजनिक गरेको थियो । रेमिट्यान्सको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनअनुसार उक्त रकममध्ये दैनिक उपभोगमा सबैभन्दा बढी अर्थात् ५८.७८ प्रतिशत खर्च हुने गरेकोे छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच