काठमाडौं । ग्लोबल मनि विक २०२४ नेपालमा समेत विभिन्न संघ संस्थाले देशभरि नै विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । ग्लोबल मनि विक प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकामा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही क्रममा कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जले गत बिहीबार वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको उच्च व्यवस्थापनबाट उपमहाप्रबन्धक डा. बाबुकाजी थापाको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक रामप्रसाद गजुरेलले गर्नुभएको थियो ।
सो अवसरमा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दीपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दीपक बाराकोटी तथा प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रवीन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कलेजमा अध्ययनरत स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच