गुल्मी । गुल्मीमा योग शिक्षामा सहभागी विद्यार्थी दीक्षित भएका छन् । 'गरौं योग रहौं निरोग' भन्ने मुख्य नारासहित पतञ्जलि योग समितिद्वारा आयोजित दिक्षान्त समारोहमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले सह–योग शिक्षक प्रमाणपत्र वितरण गर्नुभयो ।
त्यस अवसरमा नगरप्रमुख पन्थीले योगको माध्यमद्वारा सकारात्मक भावना सिर्जना गरिने यो महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले पतञ्जलि योग समितिले भवन बनाउनका लागि माग गरेको बजेट नगरपालिकाले उपलब्ध गराउने उद्घोष गर्नुभयो ।
यस जिल्लामा आत्माहत्याको न्यूनीकरण गर्नका लागि गाउँ-गाउँमा मनमा सकारात्मक भावना सिर्जना गराउन १२ वटै स्थानीय तहमा १२ जना योग प्रशिक्षक खटाउने गरी जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई प्रशिक्षित गराएको छ । गत असोज ६ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन भएको योग शिक्षामा ६२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । योग शिक्षामा धेरै महिलाहरुको सहभागीता रहेको थियो ।
प्रशिक्षितमध्ये नौ जनालाई भारतको हरिद्वारमा चैत २५ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने योग शिविरमा पठाउने पतञ्जलि योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । दिक्षान्त समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेल, रेसुङ्गा नगरपालिका(१ र ४ का वडाध्यक्ष क्रमशः रामप्रसाद पन्थी र लिलाधर आचार्य, वडा नम्बर-१ का पूर्व वडाध्यक्ष अखिलेश्वर लप्रसाद पाण्डे, समितिका महिला प्रभावि जमुना न्यौपाने, कल्पना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच