काठमाडौं । युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने हुनुभएको छ । अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्नुभएको थियो । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराँते खेलाडीले जितेको पहिलो र एकमात्र हो । एरिका इण्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुनुहुन्छ । विप्लव १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता पनि हुनुहुन्छ ।
प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहनुभएको छ । कुशलबाहेक तीन सदस्यीय टोली सोमबारै अमेरिका प्रस्थान गर्नेछन् । कुशल भने मंगलबार जानुहुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । उहाँले विगतको सफलतामा मात्र खुसी भएर बस्नुभन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच