ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

Read Time = 3 mins

प्योङयाङ । उत्तर कोरियाले ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र (आइसिबिएम) प्रक्षेपण गरेको दाबी गरेको छ । उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो । प्रक्षेपणलाई चमत्कारिक सफलता भन्दै उत्तर कोरियाली सञ्चारमाध्यमले त्यसको स्वागत गरेका छन् ।
ठोस इन्धन क्षेप्यास्त्रहरू तरल इन्धनबाट सञ्चालित क्षेप्यास्त्र शीघ्र प्रहार गर्न सकिन्छ भने त्यसलाई रोक्न कठिन हुन्छ । यद्यपि विश्लेषकहरूले उक्त क्षेप्यास्त्रका नकारात्मक पक्ष पनि भएका बताएका छन् ।

दक्षिण कोरियाले भने उत्तरलाई पूर्णरूपमा सञ्चालन हुने ठोस इन्धनयुक्त आइसिबीएम विकास गर्न थप समय लाग्ने बताएको छ । वर्षौंको अथक प्रयासपछि उत्तरले छोटो दूरीमा मार हान्नसक्ने ठोस इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेपछि लामो दूरीमा प्रहार गर्नसक्ने आइसिबीएम पहिलोपटक हिजो परीक्षण गरेको हो ।
लामोसमयसम्म तरल इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेको उत्तरले लामो धेरै लामो समयसम्म सञ्चालन गर्न नसकिने क्षेप्यास्त्रको सट्टा ठोस इन्धनबाट सञ्चालन हुने शक्तिशाली आइसिबीएम प्रक्षेपण गरेको हो ।

विज्ञहरूका अनुसार हिजोको परीक्षण प्योङयाङको हतियार विकास कार्यक्रममा एउटा प्रमुख सफलता हो । यो परीक्षणबाट प्योङयाङले अमेरिकालाई कुनै चेतावनी बिना नै आक्रमण गर्न सक्षम बनाएको छ । हिजो गरिएको परीक्षण हृवासोङ-१८ हो । यसले उत्तरको आक्रमक सैन्य रणनीतिलाई प्रतिबिम्बित गर्ने उनीहरू बताउँछन् ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले ठोस आइसिबीएम नयाँ प्रविधि नभएको जनाउँदै हिजो उत्तरले गरेको परीक्षण आइसिबीएम प्रणाली विकासमा मध्यम श्रेणीको भएको बताएको छ । यद्यपि हिजोको परीक्षणले उत्तर कोरियाका प्रतिद्वन्द्वीलाई डर र चिन्ताले ग्रस्त पारेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले हिजो आफ्नी छोरी, श्रीमती र बहिनीसँगै प्रक्षेपणको अवलोकन गर्नुभएको थियो । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?