काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी २० खेलमा ७१ रनले जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले मंगलबार आइरिस टोलीमाथि शानदार जीत हात पारेको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पच्छ्याएको आयरल्यान्ड ‘ए’ले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन मात्र जोड्यो ।
आजको खेलमा नेपालका लागि कुशल मल्लले ३ ओभर बलिङ गर्दा १५ रन खर्चिएर ३ विकेट लिए । सोमपाल कामीले पनि २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एक/एक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच