नवलपरासी । पश्चिम नवलपरासीमा होलीमा ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन र आपसी बादबिवाद गर्ने ९१ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले होलि लक्षित सुरक्षा योजना बनाई ट्राफिक प्रहरी सहित जिल्लाका विभिन्न ४९ स्थानमा चेकिङ पोईन्ट राखेको थियो । चेकजाँचका क्रममा विभिन्न स्थानबाट मापसे गरि सवारी चलाउने, हेलमेट नागाउने र तिव्रगतिमा सवारी हाक्ने ७४ जना स्कुटर तथा मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रेशम बोहोराले जानकारी दिनुभयो ।
यसै गरी होलि खेल्ने क्रममा बादबिवाद भै कुटपिट गर्ने ७ जना, बादविबाद गर्ने ३ जना र मापसे गरि सवारी चालाउने ७ जना सहित १७ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको बोहराले जानकारी दिनुभयो ।
होलिको दिन अवाञ्छित र अपराधीक क्रियाकलाप हुन सक्ने भन्दै ३९५ जना प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा सतर्कता बढाईएको प्रहरीले जनाएको छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच