
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
'यस्तो हतियार बोक्न इजाजत छैन । के कसरी नवीकरण भएको हो रु नकारात्मक सूचीको हतियार २०७९ पुस ७ मा कसरी नवीकरण भयो ?, आदेशमा भनिएको छ ।
यता हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो ।
यही चैत ५ गते प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडी गार्ड खड्का सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका थिए ।
बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै सर्वोच्चले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । यस्तै थुनामा रहेका रामकुमार धिताललाई पनि थुनामुक्त गर्न सर्वोच्चकाे आदेश भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच