
चितवन । रत्ननगर-४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त रूपमा आयोजना गरिएको ‘होली विशेष २०८०’ विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबीच सम्पन्न भएको छ । रत्ननगर-४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्वकालदेखि यो पर्व मनाइँदै आइएको र होली पर्व थारू जातिहरूले झन् उत्साहपूर्वक मनाउने प्रचलन स्वरूप आफ्नो लागि समेत होली विशेष भएको बताउनुभयो ।
राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरीलगायत स्थानीयको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो । होली कार्यक्रम उत्साहका साथ सम्पन्न भएकाले यस्तो कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइने कार्यक्रम संयोजक पिताम्बर आचार्यले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच