![धनगढीको नोभा हस्पिटलमा तनाव, ३ राउण्ड अश्रुग्यास प्रहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Nova-Hospital-Kailali.jpg)
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कुनै संलग्नता नरहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।
“सहकारी ठगी सम्बन्धि उजुरीमा गृहमन्त्रीज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन,” उहाँले भन्नुभयो– “उहाँको नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन ।”
सोही बैटकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणबारे आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको थियो।
उहाँले भन्नुभयो “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु । न कुनै मुद्दा आएको छ”, उहाँले भन्नुभयो–, “सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन ।”
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गर्नुभयो । “सहकारी ठगीको विषयमा रवि लामिछाने भन्ने नाम जोडिएको छ, त्यो नाम हाम्रा गृहमन्त्रीकै जस्तो रहेछ, तपाइ नै हो ? हो भने तपाईको पनि निष्पक्ष छानबिन जरुरी छ,” उहाँले भन्नुभयो, “यदी छानविनलाई विश्वसनिय बनाउने हो भने केही समयमका लागि तपाई गृहमन्त्रीबाट बाहिर निस्कदा राम्रो हुने छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच