सुहानाले माफी माग्नुपर्‍यो

Read Time = 2 mins

काठमाडौं । ‘ए मेरो हजुर’ का पछिल्ला तीन शृंखलामा लैंगिक अल्पसंख्यकलाई मजाकको विषय बनाएकोप्रति अभिनेत्री सुहाना थापाले माफी माग्नुभएको छ । उहाँले इन्स्टाग्राम र फेसबुक स्टोरीमा लैंगिक अल्पसंख्यकलाई लामो पत्र लेख्दै ‘ए मेरो हजुर-२’ र ‘ए मेरो हजुर-३’ मा लैंगिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको भए पनि अन्जानमा त्यस्तो हुन गएकोमा माफी माग्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु । लैंगिक अल्पसंख्यक शिवपार्वतीको रूप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले चलचित्रमा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौँ । यो कुरामा हामी चुकेका छौँ । तर, आगामी दिनमा सच्याउने छौँ ।’

‘ए मेरो हजुर-२’ र ‘ए मेरो हजुर-३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ । चलचित्रमा उक्त समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै आलोचना हुँदै आएको थियो ।

अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर-४’ प्रदर्शनरत छ । झरना थापाले निर्देशन गरेको चलचित्रमा सुहानासँगै अनमोल केसी र सलोन बस्नेत मुख्य भूमिकामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?