काठमाडौँ । राप्रपाले इलाम–२ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुनु हो । हाल उहाँराप्रपा शिक्षा विभागका सदस्य हुनुहुन्छ ।
राप्रपा इलाम जिल्ला कमिटीले लक्ष्मी गुरुङसहित यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको थियो ।
इलाम २ मा एमालेले स्वर्गिय शुभाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई र नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच