इलाम । सन्दकपुर गाउँपालिकाको टप्पुमा विश्वमै दुर्लभ रेडपाण्डा संरक्षण केन्द्र स्थापनाहुने छ । लोप हुन लागेको रेडपाण्डा (हाब्रे)को संख्या वृद्धि गर्नका संरक्षण केन्द्र स्थापना हुने भएको हो । २५ सय ५ मिटरको उचाइमा रहेको टप्पुमा संरक्षण केन्द्र बनाउन दोस्रो चरणको पूर्वाधार निर्माण कोशी प्रदेश सरकारबाट हुँदैछ ।
४४ रोपनी क्षेत्रफलमा रेडपाण्डा संरक्षणका लागि घेराबारा, टिकट काउन्टर र गार्ड हाउस निर्माण भइसकेको छ । माघे सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थलमा संरक्षण केन्द्र बनाउन कोशी प्रदेश सरकारले यो वर्ष २० लाख बजेट खर्च हुने छ ।
प्रदेश सरकारको बजेटबाट पानी संकलन केन्द्र, पोखरी, पदमार्ग निर्माण हुनेछ । बासस्थान, चरिचरन सहितसंरक्षण केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धन गर्न सकिने, संरक्षण केन्द्रमा तीन वर्ष अघि एक करोड रुपैँया खर्चबाट पक्की घेराबारसहित रेड पाण्डाको आहार मालिङ्गो, बाण्डे, भालुचिन्डेको वृक्षारोपण गरिएको छ ।
रेडपाण्डालाई लक्षित गरी चालु आर्थिक वर्षमा ठाउँठाउँमा पोखरी निर्माण गरिने छ । देशकै नमुना रेडपाण्डा संरक्षण केन्द्र निर्माणले इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
रेड पाण्डालाई मानवीय आवतजावतले असर नगर्ने गरि पदमार्ग निर्माण गरिने छ । शौचालय, बगैंचा, पार्क निर्माणसँगै विद्युतीकरणको काम संरक्षण केन्द्रमा भइसकेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।
सन्दकपुरको टप्पु, छिन्टापु, गोरुवाले, कालपोखरी, दोबाटे, हागेथाम, चोयाटार क्षेत्रमा रेडपाण्डाको बसोबास छ । इलाममा २ सय ५० संख्यामा रेडपाण्डा पाइने तथ्याङ्क छ । नेपालमै इलामको सन्दकपुरमा रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको कामहुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच