काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री जम्मकट्टेलले आगामी चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार बनाएपछि बागमती सरकारबाट कांग्रेस बाहिरिएको छ ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।
विश्वासको मत लिने प्रयोजनका लागि नेकपा (माओवादी केन्द्र) बागमतीका मुख्य सचेतक रत्न ढकालले आज प्रस्ताव दर्ता गराउनु भएको छ ।
कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । दुई सिट भएकाे हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएसँगै सत्तारुढ दलको पक्षमा ५७ सिट पुगेको छ ।
बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक छ ।
०७९ को आम निर्वाचनपछि मुख्यमन्त्री बन्नुभएको जम्मकट्टेलले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच