
गलकोट । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन-स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दशँै मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता हुन लागेको हो ।
समितिका अनुसार राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई तीन लाख नगद पुरस्कार प्रदान गरिनेछ । खेलमा द्वितीय हुने समूहलाई एक लाख ५० हजार र तृतीय टोलीलाई एक लाख प्रदान गरिनेछ । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई पाँच हजारबाट पुरस्कृत गरिनेछ ।
आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ ।
राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद दुई लाख पुरस्कार र द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजार र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट भेषभूषा महिला-पुरुषलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच