परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौं : उपेन्द्र यादव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताउनु भएको छ

समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गर्नुभयो ।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उहाँले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताउनु भयो । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ ।

समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?