अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । फरार भएका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सिन्धुलीकाे कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका-२ बस्ने २० वर्षीय सुबोध श्रेष्ठसमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा. प्र ०१-०२८ च ३६१२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै रुपन्देहीकाे ओमसतिया गाउँपालिका-४ रोहिणी पुलबाट अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका-२ बस्ने २० वर्षीय अजित हरिजन र १९ वर्षीय काजु चमार रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकाे सुनवर्षी नगरपालिका-८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही नगरपालिका-६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.न.१-०२-००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै सप्तरीकाे हनुमाननगर कंकालनी नगरपालिका-११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?