काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङका विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले रोराङ गाउँपालिका ५ स्थित सुन्दरदिप महिला विकास बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध महिलालाई र थाक्रे गाउँपालिका १० स्थित ठूलोपोखरीका स्थानीयबासीलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । उक्त अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच