काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले नेपालको महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । गत फागुनमा साउदी अरेबियामा भएको पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीले देशको नाम उच्च पारेको भन्दै फेलोसिपले ‘इस्टर फेस्ट फेलोसिप २०२४’ अन्तर्गत सम्मान गरेको हो । सम्मानस्वरूप नेपाली महिला फुटबल टोलीले ७५ हजार र उपहार प्राप्त गरेका छन् ।
वाफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित भएको थियो । उक्त च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता नेपालले लेबनानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बधाई दिनुभयो । उहाँले नेपालमा खेल पूर्वाधारको कमी रहेको चर्चा गर्नुभयो ।
राईले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सकेमात्र मुलुकको भविष्य उज्ज्वल हुने भनाइ व्यक्त गर्नुभयो । खेलकर्मीको भेलाका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच