बाल अस्पताललाई लक्की ग्रुपको सहयोग

Read Time = 1 min
A A- A+

काठमाडौं । गणपति वनस्पति कम्पनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक अस्पताललाई एक करोड ११ लाख ११ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको हो ।

लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोरले अस्पतालका अध्यक्ष डा. भगवान् कोइरालालाई उक्त रकम हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ । गणपति वनस्पति लक्की ग्रुपअन्तर्गतको उद्योग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?