![वैकल्पिकको विकराल अवस्था](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Antarik-kichalo-ma-new-party-fornt-page-Hita.jpg)
काठमाडौं । काठमाडौै महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न चेतावनी दिएको छ । बुधबार एक सुचना जारी गर्दै महानगरले सातदिनभित्र काठमाडौंमा रहेका संस्थागत विद्यालयको नामकरण नेपालीपन झल्कने गरि नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको हो ।
महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने बताएको हो ।
साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच