काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गर्नुभएको छ ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गर्नुभएको हो । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची हटाएर सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएकाे छ ।
राजीनामा घोषणा गर्नुअघि उहाँले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।
यसअघि विश्वासको मत लिने र त्यसपछि राजीनामा गर्ने तयारी थियो ।
सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पछि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको थियो ।
गठबन्धनको सहमति अनुसार अब एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको थियो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिने योजनामा रहनुभएको मुख्यमन्त्री शर्माले अन्ततः राजीनामा दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच