खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको श्री माध्यमिक विद्यालय(श्रीमावि)को विद्यालय व्यवस्थापन समिति सदस्यको चुनाव सम्पन्न भएको छ ।
विव्यासको खुल्ला दुई पुरुष सदस्यका लागि बुधबार भएको निर्वाचनमा लफ्याङका गिरीराज घिमिरे र खाल्लेका उमनाथ ढुङगाना विजयी हुनुभएको हो । घिमिरेले ९४ र ढुङगानाले ८६ मत ल्याएर विजयी हुनुभएको हो ।
घिमिरेलाई नेपाली कांग्रेस र ढुङ्गानालाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको श्रोतले बताएको छ । कांग्रेस र माओवादीको गठबन्धन रहेको श्रोतको भनाई छ ।
यस्तै, घिमिरे र ढुङगानाका प्रतिद्धन्द्धी होमलाल मुग्रातिले ८४ र प्रमोद घिमिरेले ७२ मत ल्याउनु भएको थियो । होमलाल र प्रमोदलाई एमालेको समर्थन थियो।
कूल १८५ मत खसेको थियो । ९ मत बदर भएको थियो । २२४ जना मतदाता थिए । तर, सबैजना मत हाल्न उपस्थित नभएको निर्वाचन मण्डलका सदस्य सचिव पूर्णकुमार राईले जानकारी दिनुभयो।
विव्यास दुई महिला सदस्यमा मिना लिम्बु राई र सुस्मिता विक सहमतिमा छनौट भईसक्नुभएको छ । मिनालाई माओवादी केन्द्र र सुस्मितालाई कांग्रेसको समर्थन रहेको थियो।
महिला सदस्यकै लागि विना परियार आकाँक्षी देखिएको भए पनि उनले समयमा आवश्यक कागजात ल्याउन सकेको थिएन । महिला सदस्यका अर्का आकाँक्षी स्वस्तिका राई २५ वर्ष नपुगेका कारण दावी विरोध परेपछि बाहिरिनुभएको थियो ।
तत्कालिन विव्यास अध्यक्ष खाल्लेका खगेन्द्र राई २०७४ को स्थानीय निर्वाचनबाट खाल्ले वडाध्यक्षमा निर्वाचित भएपछि राजिनामा दिएसँगै ज्येष्ठताका आधारमा लफ्याङका प्रश्नराज राईले निमित्त विव्यास अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । प्रश्नराजको पनि एक हप्ता अगाडी कार्यकाल समाप्त भएपछि विद्यालय विव्यास समितिको गठन प्रक्रियामा अघि बढेको हो ।
अब शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट एक पुरुष र एकजना महिला मनोनित गरेर अध्यक्षको छनोट प्रक्रिया अगाडी बढाउनु पर्नेछ ।
श्रीमाविमा खाल्ले र लफ्याङका ५०–५० प्रतिशत विद्यार्थी अध्ययनरत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच