काठमाडौं । निरन्तर घट्दोक्रममा रहेको सेयर बजार बुधबार पनि ३.४३ अंकले घटेर २००६.७८ अंकमा झरेको छ । दुई सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार तीन सय १२ कम्पनीका ६१ लाख ३१ हजार कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सूर्यज्योति लाइफको २५ करोड ८० लाख ५९ हजार रुपैयाँ बराबरका चार लाख ९४ हजार सात सय ४५ कित्ता सेयर कारोबार भएका छन् । सर्वोत्तम सिमेन्ट १२ करोड ६७ लाख, गोर्खाज फाइनान्स ११ करोड ७७ लाख, शिवम् सिमेन्ट नौ करोड तीन लाख तथा सोनापुर मिनरल्सको पाँच करोड ९२ लाखको सेयर कारोबार भएको छ ।
यस दिन एक सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ भने एक सय ४६ कम्पनीको बढेको छ । १९ कम्पनीको स्थिर रहेको छ । गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने विन लघुवित्त ९.९७, मानुषी लघुवित ९.९१, गणपति लघुवित्त ८.३९ र सिर्जनशील लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सपोर्ट लघुवित्त ६.८८, सूर्यज्योति लाइफ ६.७४, साधना लघुवित्त ५.८९, मनकामना स्मार्ट लघुवित्त ५.८७ र विजय लघुवित्तको ५.८५ प्रतिशतले सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । रिभर फल्स पावरको सर्वाधिक ४.४०, मन्दाकिनी हाइड्रोपावर ४.०८, बोटलर्स नेपाल तराई ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ३.५९ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३.४७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच