विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लामा लामो समयदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल संस्थाले स्टेशनरीका सामग्री सहयोग गरेको छ ।

सिमकोट गाउँपालिका-७ मा रहेको कैशाल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कापी,कलम, पेन्सील, इलेजर निशुल्क वितरण गरेको हो । कैलाश माध्यामिक विद्यालयलाई सात सय थान स्टेशनरीका सामग्री आधार विकास नेपालले सहयोग गरेको छ । स्टेशनरी सामग्री लिएर सोही संस्थामा कार्यरत कर्मचारी धनबहादुर शाही विद्यालयमा पुगेर वितरण गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिर सिंहले बताउनुभयो ।

उक्त स्टेशनरीका सामग्री बालविकासदेखि कक्षा दशसम्म अध्ययन गर्ने छात्रछात्रालाई वितरण गरिएको सिंहले जानकारी दिनुभयो । उक्त विद्यालयमा अध्ययनरत दुई सय पैसठ्ठी जना प्रति छात्रछात्रालाई दुई दुईका दरले ती सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । बाँकी रहेका सामग्री आउँदो शुक्रबारका दिन विद्यालय अतिरिक्त क्रियाकलापमा वितरण गरिने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताउनुभयो ।

यस्तै आधार विकास नेपाल संस्थाले विद्यार्थीको सरसफाईका लागि पचास चक्की हातमुख धुने सावुनसमेत सहयोग गरेको जानकारी प्राप्त भएको छ । खाजा खाने समयमा कैलाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले उक्त सावुन प्रयोग गर्ने भएका छन् । विद्यालयमा १९ जना शिक्षक कर्मचारीले विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छन् ।

सहयोग सामग्रीले विद्यालयमा अध्ययन गर्दै आएका गरिव, विपन्न र दलितका विद्यार्थीलाई ठुलो राहत भएको सिंहको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?