काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको रित्त उपाध्यक्ष पदमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।
एमालेबाट राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा यस्तो सहमति भइसकेको बताउँदै उहाँले त्यसअनुसार आफूहरुले उम्मेदवार टुंगो लगाएको समेत बताउनु भयो । सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।
सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल भएपछि उपाध्यक्ष एमालेले लिने सहमतिकाे बुँदा हटाइएको थियो ।
यता सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले पनि राष्ट्रियसभा उपाध्यक्षमा आफ्नो दाबी कायमै रहेको बताएका छ ।
राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच