मुगु । घरबाट नुहाउन हिँडेकी एक बालिकाकाे भिरबाट खसेर मृत्यु भएको छ ।
छायानाथ रारा नगर पालिका ९ कि मुर्मा गाउँकी अन्दाजी १२ वर्षिया भुमिका रोकायाको भिरबाट खसेर मृत्यु भएको हो ।
छायानाथ रारानगर पालिका ९ स्थाइ घर भएकी उनी आमा नन्दाकला रोकायासँग सदरमुकाम गमगढीस्थित न्यूरोडमा भाडामा बस्दै आएकी थिइन्।
बिहिवार बिहान १०ः३० बजे तिर आफ्नाे बस्ने कोठाबाट नुहाउनका लागि छायानाथ रारा नगर पालिका २ चैन खोला जाँदै गर्दा चैन भिरबाट खस्दा उनकाे मृत्यु भएको उनका आफन्तले बताएका छन्।
नुहाउन हिँडेकी भुमिका चैन भिरबाट ३० मिटर तलको गमगढी पिना सडक खण्डमा खसेको प्रत्येक्षदर्शी सनत हमालले बताउनु भयो ।
उनलाई तत्काल उपचार गर्न घटनास्थल आसपासमा रहेका सर्बसाधरण र नगरपालिकाका नगर प्रहरीले उद्दार गरी एम्बुलेन्स मार्फत मुगु जिल्ला अस्पतालमा पुर्याएकाे भएपनि अस्पताल पुगिनसक्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच