अर्घाखाँचीमा भीरबाट धकेली आफ्नै भाईको हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

-श्याम घिमिरे

अर्घाखाँची । अर्घाखाँचीमा दाइले भाइको हत्या गरेका छन । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १ साम्नेगाउँ निवासी ७४ बर्षिय दाइ हिम बहादुर गमालले आफ्नै ७० बर्षिय भाई विर बहादुर गमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो दुई दाजुभाईले भुमिकास्थान-४ धारापानीमा रहेको शाईन रेसुङ्गा बैंकबाट बृद्ध भत्ता बुझेपछि हिड्दै घर फर्कदै गर्दा बेलुका ७ बजेको समयमा बाटोमा हिड्दै गर्दा दाजुभाईको लेनदेको बिषयमा सामान्य विवाद भई धकेलाधकेल हुँदा साम्नेगाउँमा रहेको खलाधारा भिरबाट धकेली भाई विर बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।

भीरबाट धकेल्ने हिम बहादुर गमाललाई पक्राउ गरी अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?