काठमाडौं । ३५ वर्ष पुरानो भारतको टाइल कम्पनी कजरिया टाइल्सले काठमाडौंमा आफ्नो पहिलो शोरुम स्थापना गरेको छ । रमेश टाइल्स लिमिटेडका निर्देशक प्रतीक जलानले शोरुम उद्घाटन गर्नुभएको हो ।
शोरुमले आवासीय र व्यावसायिक स्थानका लागि डिजाइन, रङ र टाइलको विविधता प्रदान गर्दै ग्राहकलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनि ग्राहकले आठ सिरिज र २० भन्दा बढी बाथरूम अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । कजरिया टाइल्सले आफ्नो उत्पादन प्रक्रियामा पर्यावरणमैत्री अभ्यासलाई प्राथमिकता दिएको छ ।
कजरिया रमेश टाइल्सले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता जनाएको छ । निर्माण तीव्र गतिमा अघि बढ्दै गर्दा कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना आगामी जुन महिनाको अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालन गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच