काठमाडाैं । वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरु दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ नै चिया हो ।
चिया विश्वमा पानीपछि दोश्रो धेरै पिइने तरल पर्दाथ हो । प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन् । नेपालीहरुका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ ।
चिया पिउनुको फाइदा
- चियाले शरीरको आलस्यता भगाई मानिसलाई स्फूर्त राख्दछ ।
- नियमित ग्रीन टी पिउनाले मोटोपना कम भई क्यान्सरसंग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ ।
- अत्यधिक निन्द्रा लाग्ने मानिसले चिया पिउँदा निन्द्रा भगाउन मद्दत गर्छ ।
- क्याफिन नभएको हर्बल चिया पिउनाले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।
- तलतल लाग्ने तथा भोक लागेमा समेत चिया उपयोगी हुन्छ ।
- दूधको चिया पिउनाले मानसिक तनाव कम गरी मानिसलाई थकान कम गर्छ ।
- क्याफिनेटेड तातो चियाले शरीरमा ग्लुकोमाको जोखिम कम गर्न मद्दत गर्छ ।
कालो रंगको चियाले उच्च रक्तचाप कम गरी सामान्य अवस्थामा फर्काउँछ ।
चिया सेतो पिउने कि कालो
- यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको ९४०० भन्दा बढी नै० छ, शरीर मोटो छ भने चियामा चिनी नहालीकन पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो ।
- पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरुले दूधविनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ ।
- तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक ४ कपसम्म पिउनुहोस् । यो भन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्याउनुहोला ।
- तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक २ कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच