इजरायललाई बाइडेनको चेतावनी : गाजामा देखाइने अबको व्यवहारले समर्थन वा बिरोध हुन्छ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा बिरोध गर्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलबिरुद्ध कदम चल्न बाध्य हुने बाइडेनले चेतावनी दिनुभएको हो ।

गाजामा सहयोग पुर्‍याउने मानवीय कामदारहरू र गाजामा समग्र मानवीय अवस्थामा इजरायली हमलाहरू अस्वीकार्य रहेको बताइडेनले बताउनु भयो ।

इजरायली सेनाले सोमवार हवाई हमला गरेपछि गाजामा नागरिकहरूलाई खाना वितरण गर्न जाँदै गरेको परोपकारी समूह वर्ल्ड सेन्ट्रल किचेनका सात सदस्यहरू मारिएका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?