मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : स्थापित

Read Time = 1 min

काठमाडौं । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितले आफ्नो चुनावी दौरानमा कहिँ कतै कसैलाई आफ्नो अभिव्यक्तिले चोट पुगेको भए माफी माग्नुभएको छ।

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताउनु भयो । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भन्नुभयो ।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उहाँले बताउनु भयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?