केपी ओलीको पत्र आएपछि चितवन ३ का एमालेका उम्मेदवार न्यौपानेको नाम सूचीबाट हट्यो

Read Time = 1 min

चितवन । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन ३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार हुनुहुन्छ। उहाँ सत्ता गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?